इङ्लिस प्रियिमर लिग क्लब चेल्सीले विश्व कीर्तिमानी मूल्यमा गोलरक्षक भित्र्याएको छ। चेल्सीले एथ्लेटिको बिल्बाओका किपा एर्रिजाबालागालाई कीर्तिमानी ७१ मिलियन पाउण्ड खर्चिएर क्लब भित्र्याएको हो।
यो कुनै पनि गोलकिपरका लागि तिरिएको सबैभन्दा महङ्गो रकम हो। योसँगै किपा विश्वका सबैभन्दा महंगा गोरकिपर बनेका छन्। यसअघि लिभरपुलले रोमाका ब्राजिलियन गोलरक्षक एलिसनलाईलाई ६६.८ मिलियन पाउण्ड तिरेर क्लब भित्र्याएको थियो।
२३ वर्षिय किपाले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन्। उनले चेल्सीका अहिलेका गोलकिपर थिबाउट कोउर्तोइसलाई प्रतिस्थापित गर्नेछन्।
मेडिकल लगायतका कागजी प्रक्रिया पुरा गरेपछि लण्डन क्लबले उनलाई सार्वजनीक गर्ने तयारी गरेको छ । बेल्जियम खेलाडी कोर्टूवाले प्रि सिजन प्रशिक्षणमा सामेल हुन अस्विकार गरेपछि नयाँ गोलकिपर ल्याउन चेल्सीमाथि दबाब परेको थियो ।
थिबाउटलाई स्पेनिस क्लब रियल मड्रिडले भित्र्याउने तयारी गरिरहेको छ। तर उनका लागि रियल मड्रिडले कति रकम खर्चने भन्ने खुलेको छैन ।
थिबाउट रुस विश्वकप फुटबलमा सर्वोत्कृष्ट गोलरक्षक हुँदै गोल्डेन ग्लोब अवार्ड जित्न सफल भएका थिए ।
किपा स्पेनका दोस्रो रोजाइका गोलरक्षक हुन्।