बुरूसिया डर्टमण्डका अमेरिकी फरवार्ड क्रिस्चियन पुलिसिचले लिभरपुलविरूद्ध २ गोल गरे पनि रक्सी पिउने उमेर नपुगेकाले म्यान अफ द म्याचका लागि अयोग्य भए।
अमेरिकाको चार्लोटमा आइतबार राति भएको खेलमा लिभरपुललाई ३-१ ले हराउन पुलिसिचले २ गोल गरे भने अर्को गोलका लागि असिस्ट पनि गरे। तर बियर कम्पनी हाइनेकेनले प्रायोजन गरेको ‘म्यान अफ द म्याच’ उनी १९ वर्षमात्र भएकाले उनलाई दिइएन।
अमेरिकामा २१ वर्ष नपुगी रक्सी पिउन नमिल्ने कानुन छ।
उनको साटो पराजित टोली लिभरपुलका लागि १ गोल गरेका २७ वर्षिय भर्जिल भ्यान डाइकलाई म्यान अफ द म्याच दिइयो।