दक्षिण कोरियाका सन ह्युङ मिनलाई इङ्लिस क्लब टोटनह्यामले आगामी पाँच वर्षका लागि सम्झौता नविकरण गरेको छ।
प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सनलाई टोटनह्यामले आगामी पाँच वर्ष सम्मै क्लबमै राखेको हो।
समर ट्रान्सफरमा उनीलाई प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड जाने हल्ला भए पनि उनी सन् २०२३ सम्म क्लबमै रहने भएका हुन्।
उनी सन् २०१५ मा जर्मन क्लब बार्यन लिभरकुसेनबाट प्रिमियर लिगमा आएका थिए।
क्लबमा उनले १ सय ४० खेलमा ४७ गोल गरिसकेका छन्।
तीन पटक दक्षिण कोरियाका वर्ष पुरूष फुटबल खेलाडी भएका उनी प्रिमियर लिगमा महिनाको उत्कृष्ट खेलाडीको उपाधि जित्ने पहिलो एसियन खेलाडी समेत हुन्।
सन् २०१० मा सिरियाविरुद्ध खेल्दै अन्तराष्ट्रिय फुटबलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका उनले राष्ट्रिय टोलीको जर्सीमा ७० खेल खेलबाट २३ गोल गरेका छन्।
हालै रसियामा सुम्मपन्न विश्वकप फुटबलमा उनले मुलुकका लागि २ गोल गरेका थिए। बलियो प्रतिद्वन्द्वी जर्मनीबिरूद्ध पनि गोल गरेका थिए।