इटालियन क्लब रोमाबाट खेल्दै आएका ब्राजिलीयन गोलकिपर एलिसन बेकर कीर्तिमानी मुल्यमा इङ्लिस क्लब लिभरपुल गएका छन्। ६५ मिलियन पाउण्ड (७३ मिलियन युरो र ८५ मिलियन डलर) मा उनी लिभरपुल गएका एलिसन सर्वाधिक महङ्गा गोलकिपर भएका छन्। यो गोलकिपरकै लागि अहिलेसम्मकै ठूलो रकम हो।
यसअघि सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको उक्त रकमनै गोल किपरका लागि सर्वाधिक महङ्गो रकम थियो।
एलिसनले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका छन्।
सम्झौतापछि २५ वर्षिय एलिसनले आफ्नो जीवन र करिअरमा यो ठूलो फड्को भएको बताए। उनले गएको सिजन सिरी ए का ३७ खेल खेलेका थिए ।
यस्तै प्रिमियर लिगमा सन् २०१७ मा म्यानचेस्टर सिटीले बेन्फिकाका एण्डर्सनलाई ४० मिलियन युरो तिरेर ल्याएको थियो।
अब एलिसन प्रिमियर लिगको मात्रै होइन विश्वभरकै सबैभन्दा महंगा गोलरक्षक भएका छन् ।