स्पेनिस क्लब रियल म्याड्रिडबाट हालै मात्र युभेन्टस भित्रिएका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा पिज्जा उत्पादन हुन थालेको छ। पिज्जाका लागि प्रसिद्ध समेत रहेको इटालीमा अहिले नयाँ नामको पिज्जा उत्पादन हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विधिवत् रूपमा युभेन्टसले रोनाल्डोलाई सार्वजनिक नगर्दै बजारमा उनको नाममा पिज्जा बिक्री सुरु हुन थालेको हो। यसैगरी रोनाल्डोको नाममा आइस क्रिमसमेत बिक्रीमा आएको छ ।
पिज्जा र आइसक्रिमको नाम ‘सिआर–७’ राखिएको छ। टुरिनमा रहेको एक आइस क्रिम पार्लरका मालिकले रोनाल्डोको आगमनले सिरिए लिगको उचाइ बढेको बताएका छन् ।
रसिया विश्वकप फुटबल प्रतियोगितामा प्रिक्वार्टरफाइनलमा उरूग्वेसँग पराजित हुँदै पोर्चुगल बाहिरिएपछि सिरिए क्लब युभेन्टसमा प्रतिसाता ५ लाख पाउन्ड पाउने सर्तमा रोनाल्डो गत साता अनुबन्धित भएका थिए।
यसैगरी, फेसबुकमा ५ लाख ५० हजारले लाइक गरेका छन् । यता, रोनाल्डोको बर्हिगमनसँगै रियल म्याड्रिडको ट्विटर फलोअर्स घटेको छ । १० लाख फलोअर्स रियलमा घटेको जनाइएको छ ।