आगामी साउन २९ देखि भदौ १ सम्म इन्डोनेसियामा हुने १८ औं एशियन गेम्सकालागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै इन्डोनेसिया जाने अन्तिम २० खेलाडी छानेको हो। टोलीको मुख्य प्रशिक्षकमा जापानी प्रशिक्षक ग्याथुकी कोजु र प्रशिक्षकमा बालगोपाल महर्जन छन्।
छनोटमा परेका खेलाडीहरू
- गोलकिपर- किरणकुमार लिम्बु, ऐलन न्यौपाने र सोजित गुरुङ
- डिफेन्स- गौरव बुढाथोकी, छिरिङ गुरुङ, अनन्त तामाङ, आदित्य तामाङ, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी
- मिडफिल्डर- रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, तेज तामाङ, अभिषेक रिजाल
- फरवार्ड- सुनिल वल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर