सोमबार सेयर बजारको परिसूचक नेप्से ५ अंकले खस्किएको छ। पौने १ बजेतिर हरियो अंकमा देखिए पनि नेप्से १ बजेपछि पुनः ओर्लियो। आजको कारोबारपछि नेप्से १२६८ अंकमा कायम भएको छ।
१५८ कम्पनीको ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। अन्य बाहेकका सबै समूहहरु ओर्लिएका छन्। अन्य समूह भने २४ अंकले बढ्यो।
बैंकिङ ६, व्यापार २, होटल २८, विकास बैंक ५, जलविद्युत २७, फाइनान्स ५, बिमा ६५, उत्पादन १८ तथा माइक्रोफाइनान्स समूह ३१ अंकले झरेका छन्।
मेगा बैंक कारोबार रकमका आधारमा अगाडि रह्यो। लामो समयसम्म कम्पनीको मूल्य घटेपछि आज खरिद गर्नेहरु सक्रिय रहे। जसले गर्दा उसको ३ करोड ४९ लाख रुपैयाँको कारोबार भयो। मूल्य प्रतिकित्ता १८० रुपैयाँ कायम भएको छ।
नेपाल बैंक, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेनस, इन्भेष्टमेन्ट बैंक कारोबार रकमका आधारमा क्रमश अगाडि रहे।
खानीखोला हाइड्रोपावरको मूल्य ७ प्रतिशतले बढेको छ। टेलिकमका लगानीकर्ताले ४ प्रतिशत नाफा कमाए। ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ७ प्रतिशत गुमाए।