२१ वर्षको उमेरमा ब्राजिलका ग्याब्रियल जिसस आगामी महिनाबाट सुरू हुने विश्वकप फुटबललाई लिएर चिन्तामा भएपनि लिजेन्डरी फुटबल स्ट्राइकर रोमारियोले उनलाई सफलता प्राप्त गर्न बाटो सरल भएको बताएका छन्। उनले एकाग्रता, गोल र प्रशस्त सेक्स नै सफलताको कारक भएको २१ वर्षिय फुटबलरले जान्नुपर्ने उनको भनाइ छ।
ब्राजिललाई सन् १९९४ को विश्वकप दिलाउन आफूलाई ती ३ कुराले सहयोग गरेको उनको अनुभव छ। अमेरिकामा भएको विश्वकपमा तयतिबेला रोमारियोले कुल पाँच गोल गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए। सोही वर्ष उनी फिफा वर्ष खेलाडी समेत बन्न सफल भएका थिए।
'चाँहिदो सेक्स त भयो नै यसका अलावा म्याचका दौरान र म्याचका दिनहरूमा एकाग्रता अति जरूरी छ', रोमारियोले भने।
रोमारियोको रेकर्डलाई पछ?याउनु आफै, खठिन हो तर म्यानचेस्टर सिटीका जीससमाथी रोमारियोले सम्भावना देखेको बताउँछन।
'मलाई उनी फुटबललाई लिएर चनाखो छन् भन्ने विश्वास छ र यसले ब्राजिली टिमका लागि के अर्थ राख्छ भन्ने पनि। उनले विश्वकपमा गोल गर्नुपर्छ। यो नै महत्वपूर्ण कुरा हो', रोमारियोले थपे।
रमाइलोका लागि परिचित रोमारियो ब्राजिलका चौथो सर्वाधिक गोलकर्ता हुन्। उनी अजै पनि नेइमार भन्दा २ गोलले अगाडी छन्।
दुई विश्वकप मात्र खेलेका रोमारियोले अमेरिकी भूमिका आफ्नो कुशल खेल कौशलले त्यो समयमा २४ वर्ष लामो विश्वकप ट्रफीको खडेरीलाई अन्त्य गर्दै ब्राजिललाई चौथो वर्ल्डकप जिताएका थिए।
'विश्वकप अन्य प्रतियोगिता भन्दा विल्कुल भिन्न हो जहाँ तपाई आफ्ना समस्यालाई एकातर्फ राख्दै शतप्रतिशत केन्द्रित हुनुपर्छ अन्यथा तपाईले उत्कृष्ट दिनै सक्नुहुन्न', उनले भने।
५२ वर्षिया रोमारियो हालै दिनमा फुटबलबाट राजनीतिमा सरेका छन्। सन् २०१५ देखी सिनेटर रहेका रोमारियो अगामी चुनावमा रियो दि जेनेरियो राज्यको गभर्नर बन्ने दाउमा छन्।