रोहित चन्द थप एक वर्ष पर्सिजा जाकार्तामै रहने


राष्ट्रिय फुटबल टोलीका नियमीत  मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगकाे अाफ्नाे अनुबन्धन एक वर्षका लागि थप गरेका छन् ।

अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका कारण उनलाई  इन्डोनेसियाको पहिलो श्रेणीको क्लब पर्सिजाले बुधबार तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्धित गरेको हो ।

गत सिजन पर्सिजामा आबद्ध हुनुअघि रोहित चोटका कारण करिब एक वर्ष मैदान बाहिर रहेका थिए । उनी सन् २०१६ को सुरुआतमा मलेसियाली क्लब टी–टिम एफसीसँग आबद्ध रहँदा घाइते भएका थिए । चोटबाट मुक्त हुँने  क्रममा उनले  मनाङ मर्स्यांदि क्लबबाट खेलेका थिए।
गत सिजन इन्डोनेसियाली लिगको चौथो स्थानमा रहेको पर्सिजाले यस सिजन एएफसी कपको समूह चरणमा सिधै स्थान पाएको छ। रोहितले यसअघि पनि दुई वर्ष पर्सिजा जाकार्ताबाट खेलिसकेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.