सुदुरपश्चिमाञ्चलल मध्यमाञ्चललाई १–० ले हराउन सफल

फोटाे स्राेत: एन्फा


राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल टिम विजयी भएको छ। सुदुरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० ले हराएको हो।

ललितपुरस्थित  एन्फा कम्प्लेक्समा भएको खेलमा सदुरपश्चिमकी किरण चौधरीले गरेको एक गोल नै निर्णायक गाेल बन्न पुगेको छ। उनले खेल सुरु भएको पाँच मिनेटमै गोल गरेकी थिइन्।

दोस्राे खेलमा अहिले नेपाल प्रहरी क्लब र पूर्वाञ्चलबीच खेल भइरहेको छ। यसअघि सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सपर लिगमा प्रवेश गरिसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.