म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा चेल्सीले स्टोक सिटीमाथि ५–० को प्रभावशाली जित निकाल्दै अंक तालिकामा म्यान्चेष्टर युनजाइटेटलाई पछि पारेको हो।
चेल्सीको जितमा एन्टोनिओ रुडिगर, ड्यानी ड्रिङ्कवाटर, पेड्रो, विलियन र डाभिडे जापाकोस्ताले एक एक गोल गरे ।
पहिलो हाफमा तीन गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल थप्यो।
खेलको तेस्रो मिनेटमै रूडिगरले चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि ड्रिङ्कवाटरले अग्रता दोब्बर पारे।
२३ औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि स्टोक सिटीले घरेलु टोलीलाई रोक्न सकेन। थप दुई गोल खायो। चेल्सीका लागि ७३ औँ मिनेटमा विलियन र ८८ औँ मिनेटमा जापाकोस्ताले गोल गर्दै चेल्सील ५–० को फराकिलो जित हात पार्यो।
जितपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २१ खेलबाट ४५ अंक भएको छ। चेल्सीले म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको छ। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी चेल्सीभन्दा अझै १३ अंकले अगाडि छ।
https://www.youtube.com/watch?v=tSvAPO-sy6s