फाल्गुनन्द गोल्डकपमा पेनाल्टी सुटआउटमा झापा विजयी


पाँचथरको फिदिममा जारी नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड झापा विजयी भएको छ ।

मिसन यूनाइटेड क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड झापाबीच भएको आजको खेलमा निर्धारित समयमा दुवै टिमबाट १–१ गोल मात्रै भएपछि पेनाल्टी सुटआउटमार्फत झापाले मिसन युनाइटेड क्लब ताप्लेजुङलाई ४–२ गोलअन्तरमा पराजित गरेको हो ।

पहिलो हाफको चौथो मिनेटमै झापाको तर्फबाट आशिष चापागाईले गोल गरेका थिए । जवाफमा ताप्लेजुङका विकेश लिम्बूले पहिलो हाफको १३ औं मिनेटमा जवाफी एक गोल फर्काई खेल बराबरी बनाएका थिए ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रतियोगिताअन्तर्गत आइतबार सुनसरी ११ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख हात पार्नेछन् । यही पुस १६ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, युकेफसी दार्जिलिङ, अग्नि रुपन्देही ११, बिर्तामोड युनाइटेड झापा, मिसन युनाइटेड क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी क्लब र मोरङ ११ गरी १० टोली सहभगी छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.