बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई हराएको छ। स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले २-० ले खेल जितेको हो। वार्साको जितमा फरवार्डद्वय लिओनल मेसी र लुईस सुआरेजले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भिल्लारियल खेलको ६० मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो। भिल्लारियलका मिडफिल्डर ड्यानियल राबा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
भिल्लारियल १० खेलाडीमा सीमित भएपछि बार्सिलोना खेलमा हावी भयो। सुआरेजले ७२ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। ८३ मिनेटमा मेसीले बार्सिलोनाको अग्रता दोब्बर पारे।
लिगमा १५ खेलपछि बार्सिलोना ३९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ भने तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३३ अंक छ। चौथो स्थानको रियलको ३१ अंक छ।