म्यानचेष्टर युनाइटेडले आर्सनललाई हरायो, पोग्वालाई रातो कार्ड

म्यानचेष्टर युनाइटेडले आर्सनललाई हरायो, पोग्वालाई रातो कार्ड


इङ्लिस प्रिमियर लिगमा उपाधिको दौडमा रहेको म्यानचेष्टर युनाइटेडले आर्सनललाई सहजै पन्छाएको छ।

पउल पोग्वाले रातो कार्ड पाए पनि जेस लिनगार्डले दुई तथा एन्टोनियो भ्यालेन्सिया १ गोल गरे पछि म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३-१ ले पराजित गरेको छ।

लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले १० मिनेटभित्र २-० को अग्रता लिएको थियो।

पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो। ४९औँ मिनेटमा एलेकजान्डर लाजकाटेले गोल गर्दै आर्सनलका लागि आशा जगाए। तर लिनगार्डले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३-१ ले अगाडि बढ्यो।

७४औँ मिनेटमा पउल पोग्वाले रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडी सिमित भएको थियो। १० खेलाडीमा समिति पाहुना टोलीलाई घरेलु टोलीले गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो।

गएरातिको जितपछि १५ खेलबाट ३५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ भने शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ५ पुगेको छ। एक खेल कम खेलेको सिटी ४० अंकका साथ शीर्ष स्थानमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.