इंग्लिस प्रिमिर लिग फुटबलको लिडर म्यानचेस्टर सिटीले लिगमा लगातार १२ औं जित दर्ता गर्दै नयाँ कीर्तिमान बनाएको छ।
लिगमा क्लबको कीर्तिमानी बनाउने क्रममा सिटीले बुधबार राति साउथह्याम्पटनलाई २–१ ले हरायो। यो कीर्तिमानी जितमा इन्जुरी समयको छैटौं मिनेटमा रहिम स्ट्रर्लिङले गरेको गोल नै निर्णायक बन्यो।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा केविन डि ब्राउनले गोल गर्दै घरेलु टोली म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए। खेलको ७५ औं मिनेटमा रोमेउले साउथह्याम्पटनका लागि गोल फर्काएपछि खेल बराबरीमा आयो।
इन्जुरी समयको छैटौं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले क्लबको इतिहारमा कीर्तिमानी १२ औं जित निकाल्न सफल भयो।
गएरातिको जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी फेरि ८ पुर्याएको छ।
सिटीको १४ खेलबाट ४० अंक भएको छ भने युनाइटेडको समान खेलबाट ३२ अंक छ। १४ खेलबाट १६ अंकसहित साउथह्याम्पटन ११ औं स्थानमा छ। यस्तै २९ अंकसहित चेल्सी तेस्रो र २८ अंकसहित आर्सनल चौथो स्थानमा छन्।
https://www.youtube.com/watch?v=BvknfDet364