सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा #NepalVotes #NepalElection2017 सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा

सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा


आगामी वर्ष रूसमा हुने सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा गरिएको छ। सडक वालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेल्टर आश्रय नेपालले आइतबार पत्रकार सम्मेलन गरेर ५ जना अतिरिक्त खेलाडीसहित  १४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो।

विश्वकपमा नेपालको सहभागिताका लागि यस सेल्टर आश्रय नेपालमा रहेका बालबालिका तथा असहाय बालबालिकाको क्षेत्रमा काम गरिरहेका अन्य संघ संस्थासँग आवद्ध बालबालिकाबीच गत भदौ महिनामा दशरथ रंगशालामा सडक बालबालिकाको लिग फुटबल आयोजना भएको थियो ।

‘अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालित लिगमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई छनोट गरी टिम निर्माण गरेका छौं,’सेल्टरकी अध्यक्ष खुस्बु ओलीले भनिन्,‘छनोट भएका खेलाडीले एन्फा र जाउलाखेलको सेन्ट जेभियर्स स्कुलमा तयारी गरेका छन्। खेलाडी छनोटका लागि प्रमुख प्रशिक्षक–राजन न्यौपाने र एन्फाका प्रशिक्षक नविन मर्हजनले समेत सहयोग गर्नु भएको थियो।’

टिममा नौ  खेलाडी र एक जना प्रशिक्षक छन् । टिम बाहेक अन्य पाँच अतिरिक्त खेलाडीहरु पनि छनोट भएका छन्।

सेभेन ए साइड नियममा हुने विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा छात्र र छात्रामा समान १२/१२ टिम छन् । नेपालले पहिलो पटक छात्र टिममा भाग लिन लागेको हो । नेपालका विभिन्न आश्रयमा बस्दै आएका वालवालिकालाई समावेश गरेर सेल्टर आश्रय नेपालले खेलाडी छनोट गरेको थियो ।

सहाराविहिन बालबालिकालाई हाम्रो पनि कोही छ भन्ने आभाष दिन उनिहरुलाई विश्वकपमा खेलाउन लागिएको संस्थाकी अध्यक्ष खुस्वु ओलीले जानकारी दिनुभयो ।

विश्वकप टोली

१) एरोन कार्की (गोलरक्षक–खुशी नेपाल) २) मनवीर लामा (रक्षक–खुशी नेपाल) ३) विकास तिमल्सीना (रक्षक–सांग्रिला अर्फान्स) ४) रोहन भुसाल (मिडफिल्डर–खुशी नेपाल) ५) रमेश शाह (मिडफिल्डर–बालमन्दिर) ६) सचिन विके (मिडफिल्डर–थ्रीएन्जल्स नेपाल) ७) सन्तोस खत्री (मिडफिल्डर–बालमन्दिर)  ८) हर्ष ठकुरी (स्ट्राइकर–बालमन्दिर) ९) पवन शाही (स्ट्राइकर–एक्सन लभ नेपाल)

अतिरिक्त खेलाडीहरु

१) विशाल बादी (गोलरक्षक–थ्रीएन्जल्स नेपाल) २) राजु (रक्षक–ओेसिड) ३) रोशन कामी (रक्षक–ओसिड) ४) राजु बादी (मिडफिल्डर–थ्रीएन्जल्स नेपाल) ५) जिवित कुमार थारु (स्ट्राइकर–थ्रीएन्जल्स नेपाल)

प्रमुख प्रशिक्षक–राजन न्यौपाने

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.