सुवारेजको दुई गोलले बार्साको अपराजित यात्रा कायमै


लुइस सुवारेजले दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै रहेको छ।

गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै यस सिजनमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

बार्सिलोनाका लागि लुईस सुवारेजले २८औं र ६०औं मिनेटमा गोल गरे। यस्तै पाउलिन्होले ९०औँ मिनेटमा गोल थपेपछि बार्सा ३-० ले विजयी भयो।

जितपछि १२ खेलबाट ३४ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियामाथि ७ अंकको अग्रता बनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.