फिलिपिन्समाथि नेपालको बहादुरी (तस्बिरमा)


नेपालले बलियो प्रतिश्पर्धी फिलिपिन्सलाई एएफसी एसियन कप छनोट चरण अन्तर्गत आज भएको खेलमा गोरहित बराबरीमा रोकेको छ। ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले गोलरहित बराबरी रोकेको हो।

समूह एको शीर्षस्थानमा रहेको फिलिपिन्स आजको खेलपछि ९ अंकसहित शीफर्षस्थानमा कायमै छ भने नेपालको २ अंक भएको छ।

नेपाल र फिलिपिन्स दुबैले केही  गोल गर्ने राम्रा अवसर खेल फालेका थिए। यस अघि पहिलो खेलमा नेपाल फिलिपिन्सको घरेलु मैदानमा ४–१ ले पराजित भएको थियो ।

यही खेलमार्फत अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका अनिल गुरुङको बिदाइसमेत सुखद रह्यो।

छनोटमा खेलेका यसअघिका ४ खेलमा नेपालले फिलिपिन्सविरुद्ध १ तथा ताजकिस्तानविरुद्धको २ खेल गुमाइसकेको थियो।अर्को खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । यो सँगै फिलिपन्सको ९ अंक भयो भने यमन र ताजकिस्तानको समान ६ अंक तथा नेपालको २ अंक  भएको छ।

तस्बिरहरूः नारायण महर्जन

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.