इटाली रूसमा विश्वकप फुटबलमा सहभागी नहुने सम्भावना बढेको छ। विश्वकप छनोटका लागि भएको प्ले–अफको पहिलो लेगमा शुक्रबार राति स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको विश्वकपमा छनोट यात्रा कठीन भएको हो।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली स्विडेनले गोल गर्दै विश्वकप २०१८ मा आफ्नो सम्भावना बलियो बनाएको छ।
दोस्रो हाफमा भ्रमण टोली इटालीले खेलको ६१ औं मिनेटमा गोल खायो। याकोव याहानसनले गोल गरेपछि घरेलु टोली स्वीडेन विश्वकप नजिक पुगेको हो।
दोस्रो लेग आउँदो सोमबार इटालीमा हुनेछ। इटालीका लागि विश्वकपमा स्थान बनाउका लागि दोस्रो लेगमा जित अनिवार्य छ। स्वीडेन भने बराबरी गर्न सकेमा मात्रै पनि विश्वकपका लागि छनोट हुनेछ।