एएफसी एसियन कप २०१९ फुटबल छनोट खेल्न फिलिपिन्सको राष्ट्रिय टोली बिहिबार काठमाडौं आइपुगेको छ।
मंगलबार ललितपुर एन्फा कम्प्लेक्समा हुने खेलका लागि फिलिपिन्सको राष्ट्रिय टोली नेपाल आइपुगेको हो। यसअघि नै छनोट चरणबाट बाहिरिसकेको नेपालले फिलिपिन्ससँग प्रतिष्ठाका लागि खेल्नेछ।
यता अखिल नेपाल फुटबल संघ एन्फाले भने फिलिपिन्ससँग खेल्ने नेपाली टोली अहिलेसम्म घोषणा गरेको छैन।
यद्यपी स्ट्राइकर अनिल गुरूङले आफ्नो पचासौं अन्तर्राष्ट्रिय खेलसँगैं फुटबलबाट सन्यास लिने यसअघिनै घोषणा गरिसकेका छन्।
एएफसी एसियन कपको समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा ताजिकिस्तानसँग ३–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा सकिएको थियो।