वेष्ट ब्रुमलाई हराउँदै म्यानचेस्टर सिटीले इन्ग्लिश प्रिमियर लिग फुटबलमा आफ्नो शीर्ष स्थान कायमै राखेको छ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा वेष्ट ब्रुमलाई ३-२ ले हराउँदै लिगमा शीर्ष स्थान कायमै राखेको हो।
वेष्ट ब्रुमको घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई जिताउन लोरी साने, फेर्नानडिन्हो र रहिम स्टरलिङले एक-एक गोल गरे। वेष्ट ब्रुमका जे रोड्रिगेज र म्याथु फिलिप्सले एक-एक गोल फर्काएपनि घरमै सिटीलाई रोक्न सकेनन्।
घरेलु टोली वेष्ट ब्रुमविरुद्ध सिटीले खेलको १० औं मिनेटमा सानेको गोलबाट अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा वेष्ट बु्रमका रोड्रीगेजले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, खेलको १५ औं मिनेटमा फेर्नानडिन्होले गोल गरेपछि पहिलो हाफमा सिटीले २ – १ को अग्रता बनायो ।
दोस्रो हाफको ६४ औं मिनेटमा स्टरलिङले गोल गर्दै सिटीको अग्रता ३ – १ मा पुर्राए । दोस्रो हाफमा घरेलु टोलि वेष्ट बु्रमले एक गोल फर्काएपनि हार टार्न सकेन । खेलको ९० औं मिनेटमा फिलिप्सले एक गोल फर्काएपनि सिटीले खेल ३ – २ ले आफ्नो बनायो ।
यो जितसँगै लिगमा ५ अंकको अग्रता बढाएको सिटीले १० खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानको क्लब युनाइटेडले २३ अंक जोडेको छ।