श्रीलंकालाई पाँचौ तथा अन्तिम एकदिवसीयमा ९ विकेटको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले शृंखला ५–० ले ‘क्लिन स्विप’ गरेको छ।
सारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा २६.२ ओभरमा अल आउट हुँदै १०३ रन बनाएको थियो। श्रीलंकाको १ सय ४ रनको चुनौतीलाई पाकिस्तानले २० दशमलव २ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो। पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान इमाम–उल–हकले अविजित ४५ र फकर जमानले ४८ रन बनाएपछि श्रीलंका सहजै पराजित बन्यो।
सोमबार युनाइटेड अरब इमिरेट्स (युएई) को सहरजामा भएको खेलमा श्रीलंकाले पाकिस्तानी बलर उसमान खानको बलिङ अगाडि घुँडा टेकेको छ। श्रीलंकाले २६ दशमलव २ ओभरमा १ सय ३ रन बनाएर अल–आउट हुँदा उसका लागि थिसारा परेराले पुछारमा बनाएको २५ रन नै सर्वाधिक थियो। लाहिरु थिरिमानेले १९ र सिकुज प्रसन्नाले १६ रन बनाएका थिए। चमेराले पनि पुछारमा ११ रन बनाएका थिए। बाँकीले दोहोरो रनको स्कोर छुन सकेनन्।श्रीलंकाका तीन खेलाडी शून्यमा आउट भए।
७ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिएका उसमान खान ‘म्यान अफ दि म्याच’ भए। ‘प्लेयर अफ दि सिरिज’ हसन अलीलाई दिइयो।
यसअघि भारतसँग पनि श्रीलंका ५–० ले हारेको थियो।