विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेलमा हङकङले आठौं विकेट गुमाएको छ।
हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको छ।
नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका छन्। सुस भारीले १ विकेट लिए।
करण केसीले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका छन्। यस्तै बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्।
शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय हुनेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहन्छ। हारले नेपाल डिभिजन–२ मा झर्नेछ। यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ। हङकङ ११ अंकसहित तालिकाको पाँचौ स्थानमा छ।
हेर्नुहोस् लाइभ भिडियो :