नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा हङकङसँग नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ।
मलेसियाको किन्नारा ओभलमा मलेसियाले दिएको ७७ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेटका रूपमा सुमित महर्जनलाई शून्यमा गुमाएको हो।
यसअघि चौथो विकेटका रूपमा कप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो।
१३औं ओभरको पहिलो बलमा ऐरी २२ रन बनाएर आउट भए। सर्वाधिक रन बनाउने क्रममा ऐरीले २६ बल खेल्दै ४ चौका प्रहार गरेका थिए।
अब नेपाल खेलको लगभग जीत नजिक पुगेको छ।