एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि अहिले नेपालले आयोजक मलेसियासँग प्रतिश्पर्धा गरिरहेको छ।
मलेसियाको बायुमास ओभल टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
समूह ‘ए’ मा लगातार तीन खेल जितेर शीर्ष स्थानमा रहँदै समिफाइनलमा आएको नेपाल मलेसियलाई हराएर फाइनल पुग्ने लक्ष्य साथ आज मैदानमा उत्रिएको छ। यता, घरेलु टोली मलेसिया पनि हङकङसँग बाहेक सबै खेलमा फराकिलो अन्तरले विजयी हुँदै सेमीफाइनलमा आइपुगेको हो।
नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो तेस्रो पटक हो। तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक आमनेसामने भएका थिए। दुवै खेलमा नेपालले मलेसियालाई समान ५-५ विकेटले हराएको थियो।
प्रतियोगिताअन्तर्गत अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। नेपाल जस्तै हङकङ पनि प्रतियोगिताको अपराजित टोली हो। हङकङले समूह चरणमा मलेसिया, म्यानमार र चीनलाई हराएको थियो। नेपालले भने थाइल्यान्ड, भुटान र सिंगापुरलाई आफ्नो सिकार बनायो।