अफगानिस्तानी स्पिनर राशिद खान अष्ट्रेलियाको बिग बेस लिग खेल्दै


अफगानिस्तानका स्टार स्पिनर राशिद खान आस्ट्रेलियाको घरेलु लिग खेल्ने भएका छन्। टी ट्वान्टी बिग बेस लीगमा एडिलेड स्ट्राइकर्सबाट उनले अष्टेलियाको लिग खेल्न लागेका हुन्।

१८ वर्षीय खानले यसै वर्ष आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। अष्ट्रेलियाको बिग बेस खेल्ने उनी पहिलो अफगानी खेलाडीसमेत हुन्।‘म स्ट्राइकर्ससँग आवद्ध भएर बीबीएल खेल्न पाउँदा अत्यन्त खुसी भएको छु,’ राशिदले भने।

‘बीबीएलका लागि स्ट्राइकर्सले उनलाई भित्र्याउनु खुसीको कुरा हो। उनलाई पनि प्रतियोगिताको हिस्सेदार बनाउनु सम्मानको कुरा हो। साथै बीबीएल खेल्ने उनी पहिलो अफगानी खेलाडीसमेत बनेका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राशिदले आइपिएलमा सनराइज हैदारावादका लागि १७ विकेट समेत लिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.