धवनले अष्ट्रेलियाविरुद्ध ३ खेल नखेल्ने


अस्ट्रेलियाविरुद्ध एकदिवसीय शृंखलाका तीन खेलमा भारतीय टिमका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन अनुपस्थित हुनेछन्।

पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका धवन श्रीमतिको स्वास्थ्य उपचारका लागि भनेर बिसिसिआईसँग आफू तीन खेलमा  अनुपस्थित हुने जानकारी गराएका हुन्।

बिसिसिआईले बिहिबार सार्वजनिक गरेको एक प्रेस बक्तब्यमा यसबारे जानकारी गराइएको छ। उनको स्थानमा तत्कालै अर्को खेलाडी छनोट नगरिएको बिसिसिआईले जनाएको छ।

धवनको अनुपस्थितिमा रोहित शर्मासँग लोकेश राहुल अथवा कप्तान विराट कोहलीले ओपनिङ खेल्नेछन्।

भारत र अष्ट्रेलियाबिचको पहिलो एकदिवसीय खेल आइतबार चेन्नाइमा हुँदैछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.