नेपालले भुटानलाई ५० रनमा रोक्यो


एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता अन्तर्गत नेपाललाई भुटानले ५१ रनको लक्ष्य दिएको छ। मलेसियाको किन्नरा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै भुटानले २८ ओभरमा सबै विकेट गुमाएर ५० रन बनायो।

प्रतियोगिताको कमजोर टिम मध्येको एक भुटान विरुद्ध नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने हाबी देखिए।

भुटानको स्कोर चार रन हुँदा नन्दन यादवले नेपाललाई पहिलो सफलता दिलाए। त्यसपछि भुटानको स्कोर १५ रन हुँदा नेपालले दोस्रो विकेट लियो। कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाँच रनमा पवेलियन फर्काएका थिए। लगत्तै सोही ओभरमा नेपालले तेस्रो विकेट लिने क्रममा कप्तान ऐरीले नै पेम चेदुपलाई शून्य रनमा आउट बनाए।

भुटानको स्कोर २९ रन हुँदा नेपालले चौथो विकेट लियो। नेपालका लागि दिपेन्द्रलेनै दोर्जीलाई आउट बनाउँदै भुटानका लागि सबैभन्दा बढी रन बनाउने दोर्जी आउट भए।

दिपेन्द्रको कसिलो बलिङसामु भुटानले २९ रनमा पाँच विकेट गुमायो। भुटानको स्कोर ३६ रन हुँदा पुनः दिपेन्द्रले छैटौ सफलता दिलाए। भुटानका गोकुलकुमार घले चार रनमा आउटका थिए।

एकपछि अर्को विकेट गुमाउँदै गएको भुटानलाई सस्तैमा समेट्न सन्दिप लामिछानेले  बाँकी ४ विकेट लिए।

भुटानका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सकेका थिए।

प्रतियोगितामा थाइल्याण्ड विरुद्ध उनले सात विकेट लिएका सन्दिपको विकेट संख्या १० पुगेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.