दीपेन्द्रले मात्र लिए भुटानको पाँच विकेट

दीपेन्द्रले मात्र लिए भुटानको पाँच विकेट


एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता छनोट अन्तर्गत नेपालले अहिले भुटान विरुद्ध खेलिरहेको छ। मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेट गुमाइसकेको छ।

कप्तान दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत ५ विकेट लिएपछि भुटान नेपाली बलरसामु धर्मराएका छन्। २१औं ओभरको अन्तिम बलमा कुमार घलेलाई आउट बनाएसँगै ऐरीले भुटानबिरूद्ध ५ विकेट लिएका छन्।

यसअघि ऐरीलेनै व्यक्तिगत तेस्रो विकेट लिने क्रममा योगेन दोर्जेलाई १३ रनमा आउट बनाए। तसलगत्तै आएका छिरिङ पेन्जोरलाई शून्यमै आउट बनाएर चौथो विकेट लिएका थिए।

योसँगै  भुटान २१ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ३६ रनमा खेलिरहेको छ।

भुटानको स्कोर चार रन हुँदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए। उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन्।

यस्तै भुटानको स्कोर १५ रन हुँदा नेपालले दोस्रो विकेट झार्यो। कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाँच रनमा पेभेलियन फर्काए।

त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो। यसपटक पनि कप्तान दिपेन्द्रले नै पेम चेदुपलाई खाता खोल्न नदिदै पेभेलियन फर्काए। उनले नवौ ओभरमा एकै ओभरभित्र दुई विकेट लिएका हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.