एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता छनोट अन्तर्गत नेपालले अहिले भुटान विरुद्ध खेलिरहेको छ।
मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले सुरूवातमा नै विकेट गुमाएको छ।
भुटानको स्कोर चार रन हुँदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए। उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन्।
यस्तै भुटानको स्कोर १५ रन हुँदा नेपालले दोस्रो विकेट झार्यो। कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाँच रनमा पेभेलियन फर्काए।
त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो। यसपटक पनि कप्तान दिपेन्द्रले नै पेम चेदुपलाई खाता खोल्न नदिदै पेभेलियन फर्काए। उनले नवौ ओभरमा एकै ओभरभित्र दुई विकेट लिएका हुन्।