नेपाल जीतनजिक, थाइल्याण्डले आठौं विकेट गुमायो

नेपाल जीतनजिक, थाइल्याण्डले आठौं विकेट गुमायो


मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपाल जीत नजिक पुगेको छ। २८२ रन लक्ष्य पछ्याएको थाइल्यान्ड ९ ओभरमा ८ विकेट गुमाउँदै २२ रनमा खेलिरहेको छ।

नेपालका लागि सन्दिप लमिछानेले ५ विकेट लिइसकेका छन्। उनले पछिल्लो विकेट ७औं ओभरको तेस्रो बलमा लिएका हुन्।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थाइल्याण्डलाई रोक्न नेपालका नन्दन यादव र किशोर महतो र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.