थाइल्याण्डले छैठौं विकेट गुमायो, सन्दिपलेनै फेरि लिए एकै ओभरमा लगातार दुई विकेट

थाइल्याण्डले छैठौं विकेट गुमायो, सन्दिपलेनै फेरि लिए एकै ओभरमा लगातार दुई विकेट


मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालको २८२ रन लक्ष्य पछ्याएको थाइल्यान्ड दबाबमा देखिएको छ। खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको उसले छैंठौं विकेट गुमाइसकेको छ।

नेपालका सन्दिप लामिछानेले व्यक्तिगत चौथो विकेट लिने क्रममा फेरि एकै ओभरमा २ विकेट लिएका छन्।

छैठौं ओभरको चौथो  र पाँचौ बलमा उनले विकेट लिएका हन्। यसअघि पनि उनले चौथो ओभरको तेस्रो र पाँचौ बलमा विकेट लिएका थिए।

यसअघि किशोर महतो र नन्दन यादवले १-१ विकेट लिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.