मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालको २८२ रन लक्ष्य पछ्याएको थाइल्यान्डले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको छ। पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थाइल्याण्डले दोस्रो ओभरको पनि पहिलो बलमै दोस्रो विकेट गुमायो।
मलेसियाको क्लव अमानको मैदानमा जारी खेलमा जवाफी ब्याटिङ थालेको थाइल्याण्डका ओपनर सुवातलाई नेपालका नन्दन यादवले आउट बनाए। दोस्रो विकेट किशोर महतोले लिए।