नेपाल र थाइल्यान्डबीच भइरहेको युथ–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ।
थाइल्यान्डले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो विकेटका रूपमा सन्दिप सुनारलाई गुमाएको हो। ओपनर सन्दिपले ५७ बल खेल्दै ३ चौकाको सहयोगमा ३२ रन बनाए। आसिफसँग ३४ रनको साझेदारी गरेका सुनारले अनिलकुमार साहसँग ६० रनको साझेदारी गरे।
यसअघि पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो। उनले २६ बल खेलेर २ चौकासहित २१ रन बनाएका थिए।
२० ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ९८ रनमा खेलिरहेको छ। नेपालका अनिलकुमार साह र कप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा छन्।
आइतबारदेखि मलेसियामा सुरू भएको प्रतियोगितामा नेपाल समूह एमा छ।