नेपालको पहिलो विकेट गुम्यो, आसिफ शेख आउट


नेपाल र थाइल्यान्डबीच भइरहेको युथ–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पिहलो विकेट गुमाएको छ।

थाइल्यान्डले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको हो। उनले  २६ बल खेलेर २ चौकासहित २१ रन बनाए। १० ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ४१ रनमा खेलिरहेको छ। सन्दिप सुनार ११ रन बनाएर खेलिरहेका छन्। उनलाई अनिलकुमार साहले साथ दिइरहेका छन्।

आइतबारदेखि मलेसियामा सुरू भएको प्रतियोगितामा नेपाल समूह एमा रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.