टस हारेर थाइल्याण्डबिरूद्ध नेपाल ब्याटिङमा


मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले थाइल्यान्डविरूद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

नेपाली टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन्। यो समाचार तयार पार्दा सम्म नेपालले ७ ओभर खेल्दै बिना कुनै विकेट क्षति २८रन बनाएको छ। नेपालका आरिफ शेख र सन्दिप सुनार ब्याटिङ गरिरहेका छन्।

क्लब अमान मैदानमा नेपाल र थाइल्याण्ड खेलिरहेका छन्। आगामी सेप्टेम्बर १७ सम्म आयोजना हुने प्रतियोगितामा समूह एमा रहेको नेपालले सेप्टेम्बर १३ मा भुटान र १४ मा सिंगापुरसँग खेल्नेछ।

समूह ‘बी’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन्।

तीन वर्ष अगाडि एसियाली क्रिकेट परिषद् (एसीसी) पुनर्संरचना भएपछि नयाँ संरचनाका रूपमा यो प्रतियोगिता आएको हो । एसियाली क्षेत्रमा यसअघि यसखाले एउटै प्रतियोगिता आयोजना गर्दै आएकामा अहिले प्रतियोगितालाई दुई क्षेत्रमा विभाजन गरिएको छ। अफगानिस्तान, यूएई, कतार, ओमानलगायतका राष्ट्रलाई अर्को क्षेत्रमा राखी एसीसीले नयाँ प्रतियोगिता ल्याएको हो ।

२००७ मा पारस खडकाको कप्तानीमा मलेसियामा उपाधि जितेयता यू–१९ मा नेपाल उपाधिबिहिन छ।

मलेसियामा जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एसिया कपमा छानिन्छन् ।

यू–१९ नेपाली टोली 

दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, सहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुसाल, सन्दीप जोरा र सुमित महर्जन

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.