इंग्ल्याण्डका जेम्स एण्डर्सनले बनाए टेस्ट क्रिकेटमा पाँच सय विकेटको कीर्तिमान


टेस्ट क्रिकेटमा पाँच सय विकेट लिने जेम्स एण्डर्सन बेलायतको पहिलो खेलाडी बनेका छन्। वेष्ट इन्डिजसँगको अन्तिम टेस्टको दोस्रो दिनको खेलमा शुक्रबार एण्डर्सनले आफ्नो खेल जीवनको पाँच सयौं विकेट लिँदै बेलायतको पहिलो सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।

लर्ड्समा भएको भएको खेलमा ३५ वर्षिय एण्डर्सन वेष्ट इन्डिजका क्रेइग ब्रेथवेटलाई बोल्ड आउट गर्दै कीर्तिमानी पाँच सयौं विकेट लिएका हुन्। योसँगै एण्डर्सन टेस्ट क्रिकेटमा पाँच सय वा त्यो भन्दा बढी विकेट लिने विश्वका छैठौं खेलाडीभएका छन्।

अहिलेसम्म टेस्ट क्रिकेटमा सबै भन्दा बढी विकेट लिने कीर्तिमान श्रीलंकाका मुथैया मुलरिधरणको नाममा छ। उनले ८ सय विकेट लिएका छन् । यस्तै अस्ट्रेलियका शेन वार्नले सात सय ८, भारतका अनिल कुमब्लेले ६ सय १९, अस्ट्रेलियाका म्याकग्रेथले पाँच सय ६३ तथा वेष्ट इन्डिजका वाल्सले ५ सय १९ विकेट लिएका छन्। त्यसपछि एण्डर्सन आउँछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.