भारतले टी–२० खेलमा पनि श्रीलंकालाई ७ विकेटले हराएको छ। एक खेलको टी–२० सिरिज जितेसँगै भारतले श्रीलंका भ्रमरणमा खेलेका सबै खेल जित्दै क्लिन स्विप गरेको हो। भारतले यससअघि श्रीलंकालाई टेस्ट सिरिजमा ३–० र एकदिवसीय सिरिजमा ५–० ले हराएको थियो।
कोलम्बोल टस जितेर घरेलु टोली श्रीलंकालाई ब्याटिङको निम्तो दिएको भारतले श्रीलंकालाई १७० रनमा रोक्यो। एक सय ७१ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै तीन विकेट गुमाएर भारतले भेट्टाउँदा सहज जित हात पारेको हो।
भारतको जितमा कप्तान विराट कोहली नायक बने। उनले ५४ बलमा सात चौका र एक छक्काको मद्दतमा ८२ रन बनाए। यस्तै मनीष पाण्डेले ३६ बलमा नटआउ ५१ रन बनाए भने केएल रहुलले १८ बलमा २४ रनको योगदान दिए। ओपनर रोहित शर्मा १ रनमै आउट हुँदा महेन्द्रसिंह धोनी १ रनमा अविजित रहे।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले दिलसान मुनावेराले ५३ र असन प्रियन्जनले नटआउट ४० रनको सहयोगमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो। भारतक युजवेन्द्र चहलले तीन तथा कुलदीप यादवले दुई विकेट लिएका थिए।