भुवनेश्वर कुमारको शानदार बलिङ र कप्तान विराट कोहलीको उत्कृष्ट सतकीय पारीसँगै भारतले पाँचौ तथा अन्तिम एक दिवसीयमा श्रीलंकालाई ६ विकेटले हराउँदै सिरिज ५-० ले कब्जा गरेको प्रतियोगितामा महेन्द्र सिंह धोनीले एउटा नयाँ रेकर्डसमेत बनाएका छन्।
धोनी १०० स्टम्प गर्ने विश्वकै पहिलो विकेट कीपरसमेत भए। धोनीले बनाएको यो रेकर्ड यसअघि श्रीलंकाका विकेटकीपर कुमार संगाकाराको नाममा थियो। उनले वानडे करियरमा ९९ स्टम्प गराएका थिए।