यू-१९ एसिया कप छनोट खेल्ने नेपालको प्रारम्भीक टोली घोषणा


मलेसियामा हुने एसीसी यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली आइतबार सार्वजनिक गरेका हुन्। टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

यस्तै शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव, कमल सिंह ऐरी पनि टोलीमा अटाएक छन्।

सुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाही सम्मिलित टोलीको बन्द प्रशिक्षक भदौ २ गतेबाट हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.