नेपालको कमजोर प्रदर्शन जारी, २३ रनमै चार विकेट गुम्यो


आइसीसी यु १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग आफ्नो कमजोर प्रदर्शन जारी राखेको छ।

अफगानिस्तानबाट १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले २३ रनमा चार विकेट गुमाइसकेको छ।

नेपालको स्कोर १० रन हुँदा पहिलो विकेट गुमाएको थियो। त्यसपछि १२ रन हुँदा दोस्रो विकेट गुमाएको नेपालले २३ रन हुँदा आफ्नो चौथो विकेट पनि गुमाएको छ।

यसअघि सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो।

अफगानिस्तानका लागि इब्राहिम जार्दनले सतकिय पारी खेले। उनले १०१ रन बनाए। बलिङ तर्फ नेपालका लागि साहव आलम र दिपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.