तस्बिरमा हेर्नुहोस् नेपालले मलेसियासँग कस्तो खेल्यो


आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै प्रतियोगितामा चौथो जित दर्ता गरेको छ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेर मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा अलआउट हुँदैं ८९ रनमा समेटियो।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दिप लामिछानेले सर्वाधिक ७ विकेट लिए।

मलेसियाका लागि दोस्रो विकेटका लागि विरानदिप सिंह र सायद अजिजले ५८ रनको साझेदारी गरे पनि अन्य खेलाडीले खुलेर खेल्न सकेनन्।

जारी प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेका सन्दिप लामिछानेले सात विकेट लिएपछि मलेसियाको पारी धरासयी बनेको हो। ९.१ ओभर बलिङ गरेका सुन्दिपले एक मेडन सहित मात्र १३ रन खर्चिए। साहव आलमले दुई तथा प्रिजन ढकालले एक विकेट लिएका थिए।

८० रनको जवाफी ब्याटिङमा उत्रिएको नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

नेपालको ब्याटिङ आज पनि खराव रह्यो। १५ ओभरमा ४४ रन बनाउँदा नेपालले आफ्ना महत्वपूर्ण पाच विकेट गुमाएको थियो। ३० रन हुँदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि थप १० रन जोड्दा अरू चार विकेट गुमायो।

नेपालका सन्दिप सुनारले १५ तथा अनिल शाहले १२ रन बनाउँदा बाकि खेलाडी एकपछि अर्को रूपमा आउट भएका थिए। तर रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीले अर्धसतकिय साझेदारी गर्दै नेपाललाई ‍जित दिलाए। रोहितले ३४ तथा दिपेन्द्रले १९ रन बनाएका थिए।

अब नेपालले लिगको अन्तिम खेलमा भोलि अफगानिस्तानसँग खेल्नेछ।

हेर्नुहोस् तस्बिरमा

तस्बिरहरूः रमण सिवाकोटी/क्यान

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.