नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य


आइसिसी एसिया युथ–१९ विश्व कप छनोटअन्तर्गत शुक्रबार नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६.५ ओभरमा अलआउट हुँदै १६८ रन बनाउन सक्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। ८३ बल खेलेका ऐरीले २ छक्का र २ चौका प्रहार गरे।

यस्तै सन्दिप सुनारले २६ रन बनाउँदा प्रकाश केसीले २३ रन बनाए। अरू कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

यसअघि हिजो नेपालले अफगानिस्तानसँग १४१ रनको लज्जास्पद पराजय बेहोरेको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.