११ ओभरमै नेपालको ६ विकेट गुम्यो, नेपाललाई संकट


अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको छ। पहिलो ७ ओभर भित्र आफ्ना २ विकेट गुमाएको नेपालले नवौ ओभर लगातार तीन विकेट गुमाएको छ।

११ ओभरको समाप्तिमा नेपाल ६ विकेट गुमाउँदै २० रनमा खेलिरहेको छ।

नेपालका लागि अहिलेसम्म कसैले पनि दोहोरो रनको स्कोर बनाउन सकेका छैनन्।

ओपनर सन्दिप सुनार १७ बल खेलेर २ रनमा आउट भए भने अर्का ओपनर आशिफ शेख २३ बल खेल्दै ६ रन बनाएर आउट भए।

त्यसपछि पारी सम्हाल्न आएका दिपेन्द्र सिंह ऐरी ६ बल खेल्दै ४ रनमा आएट भएका थिए।

दीपेन्द्रपछि लगातार विकेट गुमाउने क्रममा प्रनित थापामगर र अनिल शाह आउट भए।

यस्तै एघारौ ओभरको पहिलो बलमा आदिल खान पनि आउट भएपछि नेपाल १० ओभरमा ६ विकेट गुमाउँदै २० रनमा खेलिरहेको छ।

मध्यम लक्ष्य पछ्याएको नेपालका लागि अब त्यो लक्ष्य पुरा गर्न गाह्रो देखिएको छ।

अफगानिस्तानका लागि नविन उलहकले ४ तथा मुजिब जर्दानले २ विकेट लिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.