अफगानिस्तानद्वारा नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत


सिंगापुरमा भइरहेको आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रको खेल अन्तर्गत नेपालले अफगानिस्तानसँग १९१ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिले पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा अलआउट हुँदै १९० रन बनाएको हो।

नेपालका लागि साहिब आलमले ३, पवन सरार्फले र सन्दिप लामिछानेले २-२ तथा, किशोर महतो र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

अफगानिस्तानका लागि नाबिद ओविद र इब्राहिम जार्दनको जोडीले ७५ रनको साझेदारी बनाउनु बाहेक अरूले खुलेर खेल्न सकेनन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.