नेपालको पाँचौ विकेट गुम्यो, १५ ओभरमा नेपालको ६४ रन


यू–१९ विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ५ विकेट गुमाएर ६४ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि प्रनित थापामगरले २३ रन बनाए भने अनिल शाह १९ रन बनाएर आउट भए।  अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर सन्दिप सुनार १ रनमा आउट भए भने आरिफ सेख ४ रनमा आउट भए।

दीपेन्द्र सिंह ऐरी २ रनमा एलबीडब्लुको धरापमा परेका थिए।यसअघि सिंगापुरले पहिले ब्याटिङ गर्दै २९ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.