भारतीय क्रिकेट प्रशिक्षकमा शास्त्रीको समर्थन गर्दै गावस्कर


भारतीका महान ब्याट्सम्यान सुनिल गावस्करले भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि रवी शास्त्री उपयुक्त पात्र भएको बताएका छन्।

प्रशिक्षक नियुक्ति अन्तिम चरणमा पुग्दा गावस्करले १९८३ को विश्व विजेता टिमका सदस्य पनि रहेका शास्त्रीको समर्थन गरेका हुन्। उनले २०१४ मा भारतीय टिममा थुप्रै परिवर्तन आउँदा शास्त्री टोलीसँग रहेको बताए। इङ्ल्यान्डमा पराजय भोगेपछि भारतीय क्रिकेट बोर्डले शास्त्रीलाई टोलीको निर्देशकको रुपमा जोडिन आग्रह गरेको थियो। यसपछि भारतीय टिममा थुप्रै सकारात्मक परिवर्तन देखिएको गावस्करले बताए।

कप्तान विराट कोहली र शास्त्रीबीच राम्रो सम्बन्ध छ। त्यसैले उनी प्रशिक्षक बन्ने सम्भावना प्रबल मानिन्छ। प्रशिक्षक पदका लागि निवेदन दिनेमा शास्त्रीसँगै वीरेन्द्र सहवाग, टम मुडी, रिचर्ड पाइबस, बेङ्कटेश प्रसाद, डोडा गणेश, लालचन्द राजपूत र फिल सिमन्स रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.