गम्भीरको कप्तानी इनिङ, कोलकाता आइपिएलको शीर्ष स्थानमा


किङ्स इलेभेन पञ्जावलाई ८ विकेटले कोलकाता नाइटराइडर्सले पराजित गरेको छ। कप्तान गौतम गम्भीरले २१ बल बाँकी रहँदा विजयी छक्का हानेपछि कोलकाताले १ सय ७१ रनको लक्ष्यलाई सहजै हासिल गर्यो।

गम्भीरले कप्तानी इनिङ खेल्ने क्रममा ४९ बलमा ११ चौकाको सहयोगले अविजित ७२ रन बनाए। कोलकाताले आइपिएलको ३ खेलमा २ मा जित हासिल गरेको हो। यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि पहिलो ब्याटिङ गरेको पञ्जावले ९ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो। पञ्जावलाई दुई सयभन्दा कम योगफलमा खुम्च्यिाउन उमेश यादवले उत्कृष्ट बलिङ गरे। खेलको म्यान अफ दि म्याच कोलकाताका सुनिल नारायण घोषित भए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.