नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने भएका छन्।
मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा यहि अक्टोबर १६ देखि २८ सम्म हुने प्रतियोगिता क्वालालम्पुरमा हुँदैछ।
प्रतियोगिताको नाम एमसिए वुमन इन्टरस्टेट टी-२० च्याम्पियनसिप दिइएको छ।
जसमा नेपालका खेलाडीले दुई वटा स्टेट टोलीबाट खेल्नेछन्।
सिता राना मगर, कविता जोशी र राजमती ऐरी सेलाङगोन क्रिकेट एसोसिएसनबाट खेल्नेछन्।
यस्तै रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले सारावाक क्रिकेट एसोसिएसनमा आबद्ध छन्।
यसअघि नेपाली टोली शुक्रबार मात्र मलेसियाबाट फर्किएको छ। ६ जना बाहेकका खेलाडी मात्र स्वदेश फर्किएका हुन्।
नेपालले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको थियो।
सिरिजअघि नेपालका १४ क्रिकेटरले मलेसियाको महिला फ्रेञ्चाइज लिग खेलेका थिए।