आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ।
शनिबार बिहान डालासस्थित ग्रान्ड प्रिएरी स्टेडियममा श्रीलंका बंगलादेशसँग २ रनले पराजित भएको हो। श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।
बंगलादेशको भने यो पहिलो खेल हो।
शनिबार श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ८ विकेट गुमाएर १९ ओभरमा पूरा गरेको हो।
बंगलादेशका ओपनरद्वय तान्जिड हसन ३ रनमा र सौम्य सरकार शून्यमा आउट भएपछि दबावमा परेको बंगलादेशलाई लिटन दासले केही उकासेका थिए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए।
त्यसपछि कप्तान नजमुल हुसेन शान्तो ७ रन बनाएर आउट भए।
टोहिड हृदोयले २० बलमा १ चौका र ४ छक्का प्रहार गरी ४० रनको योगदान गरे। शकिब अल हसनले ८ रन र महमुदउल्लाहले नट आउट १६ रन जोडे।
बलिङतर्फ श्रीलंकाका नुवन थुसाराले ४ विकेट, वानिडु हसरंगाले २ तथा धनन्जय डी शिल्भा र मथिशा पाथिरनाले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १२४ रन बनाएको थियो।
बंगलादेशका लागि पथुम निस्संकाले सर्वाधिक ४७ रन बनाएका थिए। उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
धनन्जय डि सिल्भाले २६ बलमा १ चौका प्रहार गरी २१ रन बनाए।
चरिथ अशलंकाले १९, एंगेलो म्याथ्युजले १६ र कुशल मेन्डिसले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ मुस्ताफिजुर रहमान र रिसाद होसेनले ३/३ तथा तास्किन अहमदले २ र तान्जिम हशन सकिबले १ विकेट लिए।